२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

वडा कार्यालयमा आगजनी


१७१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ५, आईतबार मा प्रकाशित ४ साल अघि
  • बझाङको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् ।

    आगजनी कस्ले गरेको हो भन्नेबारे खुलेको छैन । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिए ।

    प्रहरी टोली पुगेपछि मात्र आगजनीबारे यथार्थ खुल्ने उनले बताए । वडाकार्यालय पुग्न करिब चार पाँच घण्टाको पैदल हिँड्नु पर्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार