२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वडा अध्यक्षले पालिकाको कार्यालयमा लगाईदिए ताला


२९८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ५, आईतबार मा प्रकाशित ४ साल अघि
  • विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकामा वडा ध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

    वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आइतबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यविधिलगायतका ऐन निर्माणमा एकलौटी रुपमा थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीको सेवा सुविधा अनावश्यक रुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरीत अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षकको विज्ञापन गरिएको भन्दै तालाबन्दी गरेको बताइएको छ ।

    त्यसैगरी शिक्षकको विज्ञापन शिक्षा सेवा आयोगले लिने शिक्षक अनुमतिपत्रको परीक्षासँग जुधेको हुँदा परीक्षा स्थगित गरी र तत्काल शिक्षक तथा विद्यार्थीको अनुपातमा शिक्षक मिलान गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाहसमेत नगरी कर्तव्य र मर्यादा विपरीतको काम गरेको आरोप लगाए । गाउँसभाले जनताका चाहना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेकाले जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नसुहाउने उनको भनाइ छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार