२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गर्भ खेर जानुको कारण यस्तो छ


२९५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो ।

    यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ ।

    गर्भ आफै तुहिनुको प्रमुख कारण यी हुन्

    – गर्भावस्थामा महिलाले गह्रौं काम गर्दा,

    –गर्भअस्थामा गम्भिर चोटपटक लागेमा,

    – गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गरेमा,

    – शरीरमा हर्मोन असन्तुलन भएमा,

    – गर्भवती महिलामा यौनजन्य रोग लागेमा,

    –गर्भवती महिलाको पाठेघर असामान्य भएमा,

    – पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि भएमा,

    –उमेर नपुगी गर्भधारण भएमा,

    – गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ तुहिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार