२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

छोरीलाई बिष खुवाएर बुवाले आत्महत्या


२१७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • कैलाली– कैलालीमा ३ वर्षिया छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

    गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए । सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार