२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सुविधामात्रै मागेर कर्मचारीहरूले हैरानपारे- मन्त्री पंडित


२८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताएका छन्।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लगानी छ तर फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे। मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। अहिले नेपालमा झन्डै ८० हजार निजामती कर्मचारी छन्।

    मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरूले हैरान पारेको गुनासो गरे। निजामती कर्मचारीको संख्या बढ्दै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रूपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार