२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकारले ठेक्का मार्फत भ्रष्टाचार बढायो -देउवा


२५१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले ठूला आयोजना विना प्रतिस्पर्धा ठेक्का दिएर भ्रष्टाचार बढाएको बताएका छन्।

    भातृ संगठन नेपाल विद्यार्थी संघका निवर्तमान सभापति नैनसिंह महरले लेखेको ‘नेकपा सरकारका काण्डै काण्ड’ पुस्तक सोमबार काठमाडौंमा विमोचन गर्दै देउवाले भने, ‘यो सरकार बनेदेखि विना प्रतिस्पर्धा नै आयोजनाका ठेक्का दिएको छ। जहाँ विना प्रतिस्पर्धा ठेक्का दिइन्छ त्यहाँ ठूलो भ्रष्टाचार भएको छ।’

    उनले केपी शर्मा ओली सरकारले विना प्रतिस्पर्धा बूढीगण्डकी आयोजना चाइना गेजुवालाई दिएको पनि बताए। ‘जहाँ विना प्रतिस्पर्धा ठेक्का दिइन्छ त्यहाँ भष्ट्राचार भयो भयो,’ उनले भने, ‘ठूलो रकम चलखेल हुन्छ।’

    सरकारले सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनले बताए। ‘ओली सरकार भ्रष्टाचारमा शून्य सहनशीतला भन्छ तर विना प्रतिस्पर्धा ठेक्का दिन्छ। यो संविधान विपरीत छ,’ देउवाले भने।

    सरकारले जनताका प्रजातान्त्रिक अधिकार र मानव अधिकारमाथि पनि हस्तक्षेप गरेको देउवाको आरोप छ। अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा सरकारले हस्तक्षेप बढाएमा कांग्रेस चुप लाग्न नसक्ने उनले बताए। ‘हामी २००७ सालदेखि लड्दै आएको पार्टी हो। जनताका अधिकारका लागि फेरि पनि सदन र सडकमा लड्न तयार छौं,’ उनले भने।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार