२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

अख्तियारबाट छुटेपछी आत्महत्या गरे मालपोत कर्मचारीले


२१५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं–घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् । उनले सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

    अख्तियारको हिसारतमा २२ दिन बसेका उनी १० दिन अघि मात्र हिरासतमुक्त भएका छन् । डिप्रेसनको औषधि पनि सेवन गरिरहेका उनले सोमबार बेलुका ज्यान गुमाएका हुन् । खरिदार पदमा कार्यरत सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार घुस लिएको निष्कर्ष अख्तियारले निकालेको थियो ।

    उनी विरुद्ध काठमाडौंको विशेष अदालतमा दायर भएको मुद्दामा पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक हजार बिगो माग दाबी गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार