२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लगातार ४४ बर्ष सम्म पार्टी पार्टी अध्यक्षको जिम्मा


२४३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । ४४ वर्षदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्ष रहेका नारायणमान बिजुक्छे (रोहित)थप कार्यकालका लागि पुनः अध्यक्ष बनेका छन् । नेमकिपाको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः बिजुक्छेलाई नै निरन्तरता दिएको हो ।

    फरक राजनीतिक छवि बनाउँदै आएको नेमकिपा सन् १९७५ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समितिको एकीकरणबाट जन्मिएको थियो । पार्टी एकीकरणदेखि अहिलेसम्म पार्टीमा रोहितको एकछत्र राज रहँदै आएको छ ।

    सातौं महाधिवेशनपूर्व बिजुक्छेले अध्यक्षमा अरू नै अनुहार अघि सार्ने चर्चा थियो । तर, ४४ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका बिजुक्छे पुनः अर्को कार्यकालका लागि अध्यक्षमा चुनिएका छन् ।सोमबार सम्पन्न महाधिवेशनले अध्यक्षसँगै ६ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेको नेमकिपाले जनाएको छ ।

    त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यको सूचीमा परेका छन् । नेमकिपाका अनुसार, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादवलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार