२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कक्षा ११ को परिक्षा फलको नतिजा यस्तो छ


२६६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।

    त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए। नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ। तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन्। त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन्। २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन्।
    यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन्। यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन्। नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन्।

    बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले अनुसार ग्रेड नतिजा विगतभन्दा सुधार आएको बताएका छन्। पुराना परीक्षा प्रणाली पूर्णाङ्कअन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए। तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन्। यो उत्तीर्ण प्रतिशत ४१ दशमलव ७० हो। यसैगरी आंशिक परीक्षातर्फ १ लाख ४२ हजार ३ सय ४५ परीक्षार्थी सहभागी थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार