२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्धमा करेन्ट लागेर एकको मृत्यु


२३२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सो वडामाकोे दाप्चा १ नं. पुलमा नजिक रहेको पशुपतिरोडा ढुंगा उद्योगमा काम गर्ने वर्ष ६८ को पूर्णबहादुर कटुवाल रहेका छन् ।
    सो उद्योगमा कटुवाल इलेक्ट्रिसियनको रुपमा विगत ४ वर्षदेखि काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कटुवाल वाईल्डिङ मेसिनमा तार जोड्ने क्रममा बाँया हातको चोर औंलामा करेन्ट लागि घाईते भएको थियो । घाइते भएछि उनलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार