२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भूकम्प बाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो


२०८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । पाकिस्तानको मिरपुर शहरमा मात्रै ज्यान गुमाउनेका संख्या १९ पुगेको रोयटर्सले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख इर्फान सलिमलाई उद्धृत गर्दै रोयटर्सले भूकम्पमा परी ३ बालबालिका सहित १९ जनाको मृत्यु भएको जनाएको छ ।

    भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पमा परी सयौं घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार