२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा गोठदेखि ओठ सम्मको अभियान


३५६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-कृषि नगरीको रुपमा अगाडी बढेको नगरमा गोठदेखि ओठ सम्मको अभियानका साथ अगाडी बढ्दै गुणस्तरीय प्राङ्गारिक उत्पादनहरु उपभोक्ता समक्ष पु¥याउन सक्रिय ढंगबाट अगाडी बढेका छन् के.वि. कृषि फर्म ।

    फर्मका प्रोपाईटर मिठाराम तिमल्सिनाले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्य नजर राख्दै प्राङ्गारीक दुग्ध जन्य उत्पादनहरुको सुरुवात गर्नु भएको छ । अरनिको राजमार्ग ३८ किलो ( पाँचखाल नगरपालिका ६) मा रहेको उक्त के.वि कृषि फर्मका प्रोपाईटर तिमल्सिनाको आफ्नै डिजाईनमा मेसिन तयार गरी प्राङ्गारिक बिधिबाट खुवा, पेडा, पुष्टकारी, पनिर र घिउ उत्पादन सुरुवात गर्नु भएको छ ।

     

    फर्ममा विभिन्न जातका विरुवाहरु पाउनाको साथै खयरको धुलो,सिस्नुको पाउडर, श्रीखण्ड, तेजपात, रुद्राक्ष,वेसार समेत विक्रि वितरणको लागि राख्नु भएको छ । उक्त फर्ममा उत्पादन भएको सामाग्रीहरु गुणस्तरीय भएकोले खरिदको लागि टाडा टाडाबाट आउने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार