२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भ्रष्टाचारको विरुद्धमा उत्रियो काभे्रली काँगे्रस


२३०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • बनेपा-नेकपाका अध्यक्ष समेत रहेका केपि ओली नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार गरेको भन्दै नेपाली काँगे्रसले विरोध जनाउद काभ्रेको प्रमुख व्यापारीक केन्द्र बनेपा बजार नारा ¥याली सहित परिक्रमा गर्दै विरोध जनाएको थियो ।

    बनेपा गोदामचोकमा जम्मा जम्मा भई सुरुभएको ¥याली बजार परिक्रमा पछि चारदोवाटोमा कोण सभामा परिणत भएको थियो । देसब्यापी भ्रष्टाचार, महंगी, महिला हिंसा, जनविरोधी बिधेयक, सत्ता दंभ कुशासनबिरुध्द बिरोध प्रदर्शन गरौं भन्ने मुलनाराका साथ कागे्रस अगाडडी बढेको थियो ।

    कार्यक्रममा जिल्लास्तरीय र स्थानीय फोहोरमैला, खानेपानी, राजनैतिक पूर्वाग्रह र प्रतिशोधका सवाल उठाऔ, बिकास निर्माण सडक, शिक्षा, स्वास्थ, सिंचाई, बिद्युत आदी मा भएको अनियमितता, उपेक्षा र राजनीतिकरणको निन्दा गरौं, काभ्रेलाई ३ नं प्रदेसको राजधानि तोक्न र नागिडाँडामा बन्ने भनिएको एयरपोर्ट यथाशीघ्र शुरु गर्ने बिषयमा दवाव दिने ढंगको नारा लगाएका थिए ।

    नगर परिक्रमा पश्चात सुरु भएको काण सभामा नेपाली कागे्रस काभे्रका सभापति मधु आचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त विरोध कार्यक्रममा केन्द्रिय प्रतीनिधि विनोद गुरुङ्ग, केन्द्रिय प्रतीनिधि केशव चौलागाई, केन्द्रिय प्रतीनिधि रत्न वहादुर कार्की लगाएयतले कागे्रस जागरण अभियानको आवश्यकता र महत्वका बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार