२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

होसियार एकै साथ खाँदा समस्या हुन सक्छ


३२१६ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • खाने बेलामा ध्यान दिनुहोस्, यी दुई परिकार एकैसाथ खाँदा हानी हुन्छ

    शरीरका लागि खानपानको विशेष महत्व हुन्छ । यही खानेकुरामा थोरैमात्र सावधानी पुगेन भने फेरि समस्या उत्पन्न हुन्छ ।

    शरीरलाई स्वस्थ राख्न विभिन्न प्रकारका फलफुल तथा तरकारी खानुपर्छ । तर यदि दुई प्रकारका फल तथा तरकारी एकसाथ खाइरहनुभएको छ भने एकपटक ध्यान दिन आवश्यक छ ।

     

    तिनलाई एकसाथ खानु ठीक हुन्छ कि हुँदैंन ? केही फल तथा तरकारी यस्ता हुन्छन्, जसको आपसी मेल हुँदैंन । यस्ता चिज अस्वस्थकरमात्र नभई पेटसम्बन्धी गम्भीर रोगको कारक पनि बन्न सक्छ ।

    थाहा पाउनुस्, त्यस्ता फल के हुन् ?
    सुन्तला र गाँजर
    सुन्तला र गाँजर एक यस्ता फल हुन्, जो एकसाथ खानुहुन्न । यी फल एकसाथ खानाले छाति पोल्नेमात्र नभई मिर्गौला फेलसमेत हुन सक्छ ।

    मेवा र कागती

    यी दुई फलको संयोजन यस्तो खतरनाक हुन्छ कि, यसबाट एनिमिया हुने खतरा हुन्छ । साथै शरीरमा हेमोग्लोबिन असन्तुलन हुन सक्छ । यी दुईलाई एकसाथ खानु बच्चाका लागि हानिकारक हुन सक्छ ।

    अम्बा र केरा

    दुवै फल स्वास्थ्यका लागि निकै लाभदायी हुन् । जब यिनलाई एकसाथ खाइन्छ, शरीरमा विभिन्न समस्या आउन सक्छन् । दुवै फल एकसाथ खानाले ऐसिडोसिस अर्थात् अम्लरक्तता, पेट माड्ने, ग्यास बन्ने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छन् ।

    सुन्तला र दुध

    यी दुई चिजको मिश्रणले खाना पाचनतन्त्रलाई नोक्सान पुर्याउन सक्छ । यिनीहरु पचाउन मुस्किल पर्नेमात्र नभई स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि निम्तन सक्छ । दुध र दुग्धजन्य खानेकुरामा सुन्तला मिसाउनाले अपचको समस्या निम्तन्छ ।

    भुईकटहर र दुध

    भुईंकटहरमा मौजुद ब्रोमलोन नामक तत्व जब दुधमा मिसिन्छ त्यसले ग्यास, पेट माड्नु, इन्फेक्सन,टाउको दुखाई, पेट दुखाईजस्ता समस्या निम्तन्छ ।

    त्यसैले फल र तरकारी एकसाथ खानुहुन्न । फलमा चिनीको मात्रा बढी हुन्छ, जसलाई पचाउन मुस्किल पर्छ । पाचन प्रक्रियाका क्रममा फल लामो समयसम्म रहन्छ भने सडेर टक्सिन बन्छ, जसबाट डायरिया, टाउको दुख्ने, इन्फेक्सन, पेट दुख्ने जस्ता समस्या देखा पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार