२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँगेसको केन्द्रिय सदस्यमा गणेस लामालाई ल्याइने


३४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल–  गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।  आज शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य लामालाई काँग्रेसको केन्द्रीय सदस्यमा ल्याउन लागिएको हो।

    पार्टी एकीकरणताका गच्छदारसँग भएको सहमति कार्यान्वयन हुने भएसँगै लामालाई पनि केन्द्रीय समिति सदस्य बन्ने भएका हुन्  । उनीसहित तत्कालीन फोरमका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न लागिएको स्रोतले जानकारी दिएको छ । गच्छदारका विश्वासपात्र समेत रहेका लामालाई केन्द्रीय सदस्य बनाउन लागिएको स्रोतको दाबी छ ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि गच्छदारसँगको सहमति टुंगोमा पुगेको बताए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार