२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

बजार अनुगमनलाई निरन्तरता देऊ


३५९५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • हिन्दुहरुको महान चाड पर्व नजिकदै जाँदा वजार भाउ आकासिदो अवस्थामा पुगेको छ । बिभिन्न बाहनामा कृतिम अभाव फैलाउंदै उपभोक्ताहरुलाई लुट्ने कार्य भएको छ । गुणस्तर हिन सामान, मिसावट साथै उपभोग गर्ने मिति सकिएको सामानहरु बजारमा बेच्ने गरेको पाईन्छ । दशैको मौका छोप्दै नापतौलमा ठगी गर्ने कार्य पनि उत्तिकै मौलाउंदै आएको छ । ब्राण्डेट सामानको संज्ञा दिदै गुणस्तर हिन सामान बेच्ने गर्दा उपभोक्ताहरु मारमा परेका छन् ।

    विना मुल्य सुचि सामान खरिद गर्नु पर्दा व्यापारीको मुखपति दाम तिर्न विवस भएका छन् उपभोक्ताहरु । दैनिक उपभोग्य बस्तुमा मात्र नभई कपडाहरुमा झनै ठगी गर्ने गरेको पाईन्छ । कुन कपडा कुन गुणस्तरको र कति मुल्य पर्ने भन्ने बिषयमा खासै जानकारी नहुंदा उपभोक्ताहरुको अनुहार हेरेर मुल्य निर्धारण गर्ने गरेका छन् । वास्तबीक मुल्य भन्दा ३ गुना भन्दा बढी मोलेर केही घटाएको बहानामा ठगी गर्ने गरुेको छ ।

    त्यस्तैगरी होटल व्यवसायीहरुले पनि मौका छोप्ने गरेको गुनासो पनि कमी छैन । होटलहरुमा मुल्य सुचि राख्ने काम विरलै छ । यदा कदा मुल्य सुचि राखेपनि सवैले नबुझ्ने ढंगले मुल्य सुचि राख्ने गरेको पाईन्छ । मिनु राखेको भएपनि सर्वसाधारणले वुझ्ने भासामा मिनु नराख्नुको कारण मौकामा ठगि गर्ने उद्देस्य भएको उपभोक्ताहरुको भनाई रहेको छ । मिठाई परिकारको होटल राख्नेहरुले थप समस्या निम्त्याउंदै आएका छन् । उपभोक्ताको स्वास्थ्यको बिषयमा कुनै चासो नराख्दै पुराना कुहिएका परिकारहरुलाई तताउंदै वेच्ने गरेको गुनासो कमी छैन । उनीहरुले प्रयोग गर्ने तेल गुणस्तर हिन र अमिलो स्वस्थ्यको लागि हानि पुग्ने ढंगको प्रयोग हुने गरेको गुनासो आईरहेको छ ।

    पर्व जति जति नजिकिदै जान्छ बजारमा उतिउति मनलाग्दि हुने बिषयलाई सम्बन्धित निकायले चासो दिन जरुरी रहन्छ । सवारी साधनमा इन्धन उपलब्ध गराउने पम्प देखी फुटपाथमा राख्ने पसलमा समेत निगरानी राख्न जरुरी रहन्छ । पर्वकै मौका छोप्दै अवैध मदिरा उत्पादन गर्ने साथै बिकृ गर्ने कार्य समेत बढ्दै छ । यस्तो यावत बिकृतिको बिषयमा होस पुर्याउंदै सम्बन्धित निकायले चनाखो हुदै वजार अनुगमनलाई निरन्तरता दिन जरुरी रहन्छ । दुग्ध व्यवसाय संचालन गर्नेहरुले दुध साथै दुधको परिकारमा समेत गुणस्तरता कायम गर्न सकेको अवस्था छैन । मासु पसलमा हुनुपर्ने सफाई साथै विस्वसनियताको बिषयमा समेत सचेत हुन उत्तिकै आवस्यक रहन्छ । समयमा होसियारी नअपनाउंदा फुड प्वाईजनको समस्या निम्तन सक्छ । यस्ता यावत बिषयलाई मध्य नजर राख्दै वजार अनुगमनलाई निरन्तरता दिदै पर्वहरुमा हुनसक्ने दुर्घटनाबाट बचाउन साथै उपभोक्ताहरु ठगिनबाट गोगाउन उत्तिकै आवस्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार