२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा नेपाली ब्राण्डको जुत्ता


३४२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल। विदेश बाट निर्यात भएका बिभिन्न ब्राण्का जुत्ता चप्पलसंग दिक्क भएका प्रयोग कर्ताहरुको मागलाई मध्य नजर राख्दै नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको पाँचखालमा सोरुम खुल्ने भएको छ ।

    स्वदेसमा उत्पादन भएको गोल्ड स्टार ब्राण्डका सवै सामान उपभोक्तालाई सहज साथै सरल मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ हिन्दुहरुको महान पर्ब विजया दशमि अगाडीनै सोरुम संञ्चालन हुने सोरुमका प्रोपाईटर राजन कार्कीले नवसंकेत अनलाईनलाई जानकारी दिएका छन् ।

    प्रोपाइटर कार्कीका अनुसार युवा देखि बृद्धहरुको लागि समेत सहज हुने उक्त ब्राण्डका जुत्ताहरु सुलभ दरमा उपलब्ध गराउने छौं । प्रोपाईटर कार्कीले थपे असोज १२ गते घटस्थापना को दिन देखि सुरु हुने उक्त सोरुमबाट सवै साईजका जुक्ता चप्पलहरु सुपथ मुल्यमा उपलब्ध गराउने छौं । जसका कारण पाँचखाल र आसपासका वासिन्दाहरुले अन्यत्र बजारको तुलनामा सस्तोमा उपभोग गर्न पाउने भएका छन् । उक्त सोरुम पाँचखाल नगरको प्रमुख ब्यापारीक केन्द्रको रुपमा रहेको समाज कल्याण चोकमा सञ्चालनमा आउने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार