२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मालपोतका हाकीम कार्यकक्षमै झ्याप


२३६६ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् ।

    कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शुक्रबार दिउँसो २ः३० बजेरित बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव बुढाथोकीले जानकारी दिए ।

    ‘मालपोत कार्यालय प्रमुखले मदिरा पिएर सेवाग्राहीमाथि अपशब्द बोलेको भनेर मौखिक उजुरी आएपछि उहाँलाई नियन्त्रणमा लिइएको हो,’ डिएसपी बुढाथोकीले खबरहबसँग भने, ‘अहिले हामीलाई उहाँलाई प्रहरी कार्यालयमै राखेका छौं ।’जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मालपोत प्रमुख बोगटी यसअघि पनि मदिरा सेवन गरेर कार्यालय जाने गरेका थिए ।

    सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानून प्रावधान छ । तर, मालपोत प्रमुख बोगटीले भने पदीय ‘शक्ति’को आडमा छुट पाउँदै आएको मालपोत कार्यालय महोत्तरीका एक कर्मचारीले बताए ।मालपोत प्रमुख बोगटीमाथि हुने कारबाहीबारे प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिइने महोत्तरी प्रहरीका डिएसपी बुढाथोकीले जानकारी दिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार