२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन चाहे-गगन


२६७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी -नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले भने, ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार हामी नेपालमा लिएर आउँछौं भनेर भन्दैछन् । जुन कुरा चीनले आफूले दिन्छु भन्दैन, त्यो पनि हामीलाई बेच्छु भन्दैछ । नेपाल कम्युनिष्ट पार्टी भनेको कपाल नभएको मान्छेलाई काइँयो बेच्ने क्षमता राख्न सक्ने पार्टी हो ।’

    नेकपाले नेपाललाई कम्बोडिया जस्तो बनाउन चाहेको आरोप पनि उनले लगाए । कम्बोडियाको राजनीतिक अवस्थासँग हालको नेपालको अवस्थालाई तुलना गर्दै थापाले भने, ‘त्यहाँ अदालत छ, तर सरकारले चाहेको भन्दा फरक निर्णय गर्दैन । जसरी हाम्रो अदालतलाई यहाँको सरकारले दुई तिहाइको तरबार देखाएर तर्साइरहेको छ । त्यहाँ प्रेस छ, तर सरकारले चाहेको भन्दा फरक कुरा लेख्दैन । नेपाललाई त्यही बनाउन खोजिँदै छ ।’
    नेकपा सरकारले आधा दर्जन कानुन ल्याएर आम नेपालीको जनजीवन प्रभावित पार्न खोजेको र निरंकुश लाद्न खोजेको उनले आरोप लगाए । सरकारको निरंकुश शैलीविरुद्ध लड्ने तयारी गर्नुपर्नेमा उनले जोड दिए ।‘राजनीतिक अधिकार, सम्पत्ति राख्न पाउने अधिकार लगायतका यति धेरै विषयहरु छन् जसलाई एकपछि अर्को कानुन बनाएर सरकारले यसलाई भत्काउन खोज्दै छ । यसकाविरुद्ध लड्ने कुराका निम्ति हामीले तयारी गर्नुपर्छ,’ थापाले भने ।

    उनले त्यस्ता कानुन कांग्रेसले रोक्नु पर्ने बताउँदै सदन र सडकबाट संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यो कानुनलाई रोक्ने कांग्रेसले हो । तर, संसदभित्र रहेका सीमित सांसदहरुले त्यसलाई रोक्न सकिन्न,’ कांग्रेस सांसदसमेत रहेका थापाले भने, ‘संसदीय व्यवस्थामा जहिले पनि सरकार बहुमतमा रहन्छ । त्यो त्योबेलामा मात्र रोकिन्छ, जतिखेर संसदको ताकतसँग सडकको ताकत एकाकार हुन्छ ।’उनले नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार एक कार्यक्रममा अब कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए । उनले भने, ‘सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए कांग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार