२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ज्ञानेन्द्र शाहीमाथि कुटपिट


२३०४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • चितवन– भ्रष्टाचार विरोधि अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको छ ।शनिवार दिउँसो चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका शाही कुटिएका हुन् ।

    भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कुटपिट गरेका थिए । कुटपिटसहितको आक्रमणमा गाडीपनि क्षतिग्रस्त बनेको छ ।

    नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो । कुटिएका शाहीलाई प्रहरीले उद्धार गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार