२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गुड्दै गरेको गाडीमा ढुंगा लाग्दा ५ घाईते


२३२९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ११, शनिबार मा प्रकाशित ४ साल अघि
  • रुपन्देही र पाल्पाको सीमा नजिकै रहेकोे दोभान-सिद्धबाबा सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खस्दा पाँच जना यात्रु घाइते भएका छन् । तानसेनबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको बसमाथि ढुङ्गा खसेको हो । ढुंगा खस्दा बस चालक तिलोत्तमा नगरपालिका-४ का वषर्ीय कमल राउतसहित पाँच जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा वालिङ नगरपालिका १४ की ३८ वर्षीया रोमादेवी डुम्रे, नौतुना भारतकी २६ वर्षीया श्रीमाया साहानु, तिनाउँ गाउँपालिका-६, मस्याम ५२ वर्षीय टिकाराम भण्डारी र माथागढी-५, हात्तीलुङका २३ वर्षीय सन्तोष चौहान छन् ।

    घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि भइरहेकोे दोभान प्रहरी चौकी प्रमुख बालबहादुर घर्तिमगरले बताए । बसमा २० जना यात्रु सवार रहेका थिए । अरु भने सुरक्षित छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार