२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुबई सवारी दुर्घटनामा ६ नेपालीको मृत्यु, (नामावली सहित)


२१९४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।

    स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।दुर्घटनामा रमेश चाैधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृच्यु भएको नेपाली दूतावासले जनाएको छ।

    उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ।दानबहादुरको परिवारलाई भने कम्पनीले जानकारी गराएको र अरुको थप विवरण संकलन गरेर जानकारी गराइने दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार