२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

सिमानामा पर्खाल लगाऔं


२३२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • राजाराम गनौतम
    नवलपरासी जिल्ला सुस्तामा नागरिक समूहले एक बिशेष कार्यक्रम को आयोजना गरि सिमानामा पर्खाल लगाऔं अभियानको सुरूवात गरेको छ ।

    सिमाना मिच्न नदिई माटोको रक्षा गर्न, सिमानामा को फाईदा उठाउदै हुने बिभिन्न आतंकवादि गतिबिधिहरू हत्याहिंसा, चन्दा, अपहरण लगायतका आतंकवादि गतिबिधिहरू अन्य गर्न,सिमानामा हुने मित्रराष्ट्र भारत र चीन बिरोधी कृयाकलापहरू रोक्न, खुल्ला सिमानाको कारणले हुने नक्कलि नोटको तस्करी, पशुपंक्षी, जडिबुटिहरूको तस्करी, महिला, बालबालिका तथा मानब बेचबिखन लगायतका तस्करी हरू रोक्न, बिभिन्न गिरोहहरूले सिमानामा रहेका नागरिकहरूलाई दिने दुख, कस्ट, गुण्डागर्दी लगायतको अन्त्य गर्दै समग्रमा राष्ट्रिय सुरक्षालाईबलियो बनाउन सिमाना पर्खाल लगाउनु पर्ने अभियानका अध्यक्ष निगम हुमागाँई ले बताउनु भयो ।

    सिमानामा पर्खाल अत्यन्तै आवश्यक रहेको भन्दै सिमाबासीले अभियानको स्वागत गरेका छन् । “देशको सिमानाको रक्षाका लागी ज्यान दिन तयार छौं,सिमाड्कन गरि पर्खाल लगाउनु आवश्यक छ,हामी महिला बालबालिका,बृद्ववृद्वा सवै धर्म ,जाती,समुदाय,राजनैतिक पार्टिहरू यस अभियानमा एकबद्व भई साथ दिन्छौं” सुस्ता बचाउ अभियान कि महिला नेतृ लैना बेगमले भनिन् ।नागरिक समूहका अध्यक्ष निगम हुमागाँईको नेतृत्वमा सचिब कृष्ण पौडेल,अभियन्ताहरू अर्जुन भूषाल,लक्ष्मण बजगाँई,प्रबिन अर्याल लगायत सुस्ता पुगेको टोलिलाई सुस्ता बचाउ अभियानका गोपाल गुरूड्,उपाध्यक्ष आदम खाँ,महिला नेतृ लैला बेगम,रविन्द्र जैसवाल लगायत स्थानीय सुस्ताबासिले भव्य स्वागत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार