२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

स्याउ खाँदा मानव स्वास्थ्यमा हुने १० फाईदा


१८२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । स्याउ नेपालमा मात्र नभएर संसारभर नै सबैभन्दा धेरै खरिद बिक्री हुने फलफूल हो । केरापछि यसको किनबेच अधिक हुने गरेको अनुमान छ । नेपालमा पनि केरापछि स्याउको खरिद बिक्री हुने गरेको विभिन्न अध्ययनमा देखिएको छ । नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ ।

    नेपालमा आन्तरिक उत्पादनले सिजनको समयमा बजार नपाउँदा विभिन्न देशबाट आयात गरिएको स्याउ भने महँगोमा किनेर खानु पर्ने बाध्यता रहेको छ । स्याउ जुनसुकै समयमा खान मिल्ने एक स्वादिष्ट फल हो । व्यवसायीकाअनुसार नेपालमा चीन, भारत, अमेरिका, युरोपका विभिन्न देशबाट स्याउ भित्रिन्छ । आज हामीले स्याउका प्रमुख १० फाइदाका विषयमा जानकारी प्रस्तुत गर्दैछौँ ।

    जुनसुकै रोगका बिरामीले खान मिल्ने

    पोषक तत्वका कारण स्याउले हाम्रो शरीरलाई चाहिने तत्वहरु प्रदान गर्छ । यसमा भिटामिन र खनिज पनि पाइन्छ ।स्याउ बिरामी हुँदा खानका लागि उपयोगी फल हो । यो जुनसुकै प्रकारका बिरामीले खान मिल्ने विभिन्न अध्ययनले देखिएको छ ।

    मुटु रोगीका लागि फाइदा

    मुटु रोगीका लागि स्याउ खानु राम्रो हो । स्याउमा नियासिन र फाइबर पाइन्छ । जसले कोलेस्ट्रोलको लेबललाई कन्ट्रोल गर्दछ । रगतमा चिनीको मात्रा पनि कन्ट्रोल राख्दछ । स्याउ सेवनले मुटुको रक्तनलीको समस्या, मांसपेशीमा हुने समस्या जस्ता घातक समस्यालाई कम गर्छ ।

    एनिमियाको उपचारमा सहयोगी

    स्याउ खाँदा एनिमियाबाट मुक्त गर्न मद्दत गर्छ । एनिमियाले मानिसको शरीरमा हेमोग्लोबिन कम हुँदै जान्छ ।स्याउमा आइरन पर्याप्त मात्रामा पाइन्छ । त्यसैले नियमित स्याउ खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ ।

    अनुहारमा चमक

    स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले अनुहारमा रहेको समस्यालाई समाधान गर्न ठूलो मद्दत गर्दछ ।अनुहारमा दाग, धब्बा हुने मान्छेले हरेक दिन एउटा स्याउ खाँदा गर्दा समस्या समाधान हुन्छ । अनुहारको छालामा पनि चमक आउँछ ।

    तौल कम गर्न सहयोग

    तौल घटाउनका लागि नियमित डाइटमा दुई वटा स्याउ समावेश गर्न चिकित्सकले सुझाव छ । स्याउमा पाइने पोषक तत्वले हाम्रो शरीरलाई बलियो बनाउँछ । स्याउ खाँदा भोक कम लाग्ने र तौल सन्तुलनमा जाने चिकित्सकको दावी छ ।

    स्मरण शक्ति बढ्छ

    स्याउमा भिटामिन ए, बि, सि, क्याल्सियम, पोटासियम तथा एन्टिअसिडेन्ट भरपुर मात्रामा पाइन्छ । यसले मस्तिष्कमा रक्तसञ्चारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । स्याउ सेवनले मस्तिष्कमा रहेको तनाव कम गर्छ । यसले स्मरण शक्ति बढ्ने गर्छ । दैनिक स्याउ सेवनले अल्जाइमरको खतराबाट मुक्त दिलाउँछ ।

    फोक्सोको सफाइ

    स्याउको नियमित सेवनले फोक्सोको सफाइमा विशेष भूमिका खेल्छ । पाचन प्रणाली स्वस्थ राख्न यसले मद्दत गर्छ । पेटमा भएका विभिन्न स्वास्थ्य समस्या समाधानमा पनि स्याउले सहयोगी भूमिका निर्वाह गर्छ ।

    मिर्गौलाको पत्थरी काम गर्न

    स्याउको नियमित सेवनले मिर्गौलाको पत्थरी भएका व्यक्तिलाई सहयोग गर्छ । यसले पत्थरी रोक्ने र स-साना पत्थरीलाई पिसाबको माध्यमबाट बगाउन मद्दत गर्छ ।

    निमोनियाको जोखिम कम गर्न

    स्याउमा पाइने विभिन्न तत्वले एन्टिब्याटेरियल इम्युन क्षमता बढाएर निमोनियाजस्ता रोगको जोखिम कम गर्छ । यसमा पाइने धेरै प्रकारका खनिज तथा भिटामिनले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढवा दिन्छ ।

    आँखाको दृष्टि राम्रो

    स्याउमा भिटामिन ए पाइन्छ । जसले आँखाको दृष्टि बढाउन मद्दत गर्दछ । दैनिक रुपमा स्याउ खाँदा आँखाको दृष्टि बढ्ने मात्र नभई आँखामा हुने अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार