२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सनराईज बैंकले बृद्धाश्रमलाई सहयोग


१९३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पनौती-आर्थिक कारोबार गर्दै आएका बैंकहरु अव सामाजिक हितको कार्यमा समेत जुट्न थालेका छन् । सोही क्रममा पनौती नगरमा रहेको सनराईज बैंक लिमिटेडले आफ्नो स्थापना कालको १२ औं बार्षिक उत्सवको अवसर पारेर पनौती नगरपालिका वडा नं ७ मा रहेको प्राणनाथ माईती वृद्धाश्रमलाई १८ थान जाडोको सामागृहरु सहयोग उपलब्ध गराएको छ ।

    बृद्धाश्रममा रहेका वृद्धबृद्धाहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बैंकले जाडोको समयको लागि आवस्यक न्यानो कपडा उपलब्ध गराएको छ । जुन कार्यले गर्दा बैंकहरु विगतको जस्तो आर्थिक कारोबारमा मात्रै सिमित नरही सामाजिक कार्यमा समेत जुट्ने गरेको पुष्टि भएको छ । कपडा बितरण कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द नास्नानी तथा बृद्धाश्रमका प्रतिनीधिका रोहबरमा कार्यक्रम सम्पन्न गरेको थियो । बैंकले आसौज महिनालाई १२ औं बार्षिक उत्सवपुर्ण महिनाको रुपमा मनाउन बिभिन्न १२ बिधामा देशभर कार्यक्रमहरु गर्दै आईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार