२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

दैनिक २२ पटक सम्म वत्ति झ्याप्प झ्याप्प


२२५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल-पाँचखाल र आसपासको स्थानमा दिनमा २२ पटक सम्म बत्ति गएर उपभोक्ताहरु मारमा परेका छन् । बिषेश गरेर पाँचखाल ६ तिनपिप्ले आसपासको क्षेत्रमा विगत १८ घण्टा सम्म लोडसेडिङ्ग भएको समयमा भन्दा पनि कम बत्ति आउने गरेको स्थानियहरुको भनाई रहेको छ ।

    एक उपभोक्ताले भने “विगतमा १८ घण्टा लोडसेडिङ्ग हुंदा, निश्चित समयमा बत्ति आउथ्यो तर हाल भने कतिखेर आउने र जानेको कुनै पत्तोनै छैन । झाडी सुधारको नाउमा आएको रकम कता हो कता ? उपभोक्ताहरु बत्ति झ्याप झ्याप गएर समस्या छन् तर सम्बन्धित निकायको कुनै चासो छैन ।

    दैनिक १८ घण्टा सम्म लोडसेडीङ्ग भएर निकै दुःख पाएका नेपाली जनताले पछिल्लो समयमा आएर कुलमान घिसिंङ्गको पहलमा मुलुकमा लोडसेडिङ्गको अन्त्य भएपछि निकै खुसि भएका थिए । स्वभाविक पनि हो , अंध्यारोमा वसेर नियमित रुपमा उज्यालोमा बसे सरह गरी भुक्तानी दिनु पर्ने तर आम उपभोक्ताहरुले ढिप्रीको भरमा गुजारा चलाउंदै बसेको अवस्थामा भएको लोडसेडिङ्ग अन्त्य ।

    तर पछिल्लो समयमा आएर बत्ति आउने जानेले थप समस्या भएको छ । यता चाड पर्व नजिकदो अवस्थामा रहेको अवस्थामा बत्तिको समस्या थपिदै जाँदा आम उपभोक्ताहरु थप मारमा परेका छन् । उता विद्युत प्राधिकरण पाँचखाल शाखा भने उपभोक्ताको समस्याको बिषयमा कुनै चासो देखाई रहेको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार