२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चाडपर्व विकृतिरहित बनाउनुपर्छ : पौडेल


२१३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताए ।मुख्यमन्त्री पौडेलले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास गरे। संस्कृति र परम्पराको संरक्षण गरे पहिचानको संरक्षण हुने बताए ।

    विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाल सांस्कृतिक र धार्मिक हिसाबमा सम्पन्न रहेको बताए । प्रदेश नं ३ सङ्घको राजधानी र देशको धार्मिक तथा सांस्कृतिक सम्पदाको समेत राजधानी रहेको बताउँदै मुख्यमन्त्री पौडेलले बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभाषिक राष्ट्र भए पनि एकअर्काबीच सद्भाव, सम्मान र समभावका कारण नेपाली–नेपालीबीचको बलियो एकता रहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार