२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दशैमा दुर्गा भगवतिलाई खुसि पार्ने तरीका


२९१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    प्रथमं शैलपुत्री च द्वितीयम् ब्रह्मचारिणी । तृतीयं चन्द्रघण्टेति कुष्मांडेति चतुर्थकं ।। पंचमं स्कंदमातेति, षष्टम कात्यायनीति च । सप्तमं कालरात्रीति, महागौरीति अष्टमं ।। नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।

    दशैंको नवरात्रिको अवसरमा दुर्गा भगवतीका यी नौ वटा रुप उच्चारण गरी हरेक दिन एक रुपको विधिवत् विशेष पुजा उपासना गरिन्छ । दुर्गाका हरेक रुपको पुजा उपासनाका क्रममा देवीलाई प्रसन्न पारे मनोबाञ्छित फल मिल्ने गर्दछ ।

    यसरी नवरात्रिको अवधिभर दुर्गाका नौ रुपको उपासना गर्दा हरेक तिथिमा भगवती प्रसन्न हुने रंगको वस्त्र धारण गरी उपासना गरे देवीबाट शुभ आर्शिबाद मिल्ने विश्वास गरिन्छ । यस पटकको शरदीय नवरात्रिमा दुर्गाको कुन रुपको कुन रंगको बस्त्र पहिरीएर उपासना गर्नाले भगवती प्रसन्न हुन्छिन् ।

    पहिलो दिन पहेलो रंग

    नवरात्रिको पहिलो दिन पर्वतराज हिमालयकी पुत्री माता शैलपुत्रीको पूजा गरिन्छ । यस दिन पहिलो रंगको वस्त्र धारण गरी पुजा गरेमा देवीको विशेष कृपा रहने छ ।

    दोश्रो दिन हरियो रंग

    नवरात्रिको दोश्रो दिन देवी ब्रह्मचारिणीको उपासना गरीन्छ । यस दिन देवीको उपासनाका क्रममा हरीयो रंगको वस्त्र पहिरीएमा बिशेष लाभ मिल्नेछ ।

    तेश्रो दिन खैरो रंग

    नवरात्रिको तेश्रो दिन दुर्गा भगवतीको चन्द्रघण्टा रुपको उपासना गरीन्छ । यस दिन खैरो रंगको वस्त्र पहिरीएर देवीको उपासना गरे धनलाभको योग बन्नेछ ।

    चौथो दिन सुन्तला रंग

    नवरात्रिको चौथो दिन माता कुष्मान्डाको उपासना गरीन्छ । यस दिन सुन्तला रंगको वस्त्र पहिरीएर देवीको उपासना गरेमा मनोबाञ्छित लाभ मिल्नेछ ।

    पाँचौ दिन सेतो रंग

    नवरात्रिको पाँचौ दिन स्कन्दमाताको उपासना गरीन्छ । यस दिन सेतो रंगको वस्त्र पहिरिएर स्कन्दमाताको उपासना गरे मनोकामना पुर्ण हुनेछ ।

    छेठौ दिन रातो रंग

    नवरात्रिको छैठो दिन दुर्गा भगवतीको कात्यायनी रुपको उपासना गरीन्छ । यस दिन रातो रंगको वस्त्र पहिरीएर उपासना गर्नाले माता कात्यायनीको आर्शिवाद मिल्नेछ ।

    सातौ दिन नीलो रंग

    नवरात्रिको सातौ दिन अर्थात सप्तमीमा माता कालरात्रिको उपासना गरिन्छ । यस दिन नीलो रंग धारण गरेर कालरात्रिको उपासना गरेमा माता प्रसन्न हुनेछिन् ।

    आठौ दिन गुलाबी रंग

    अष्टमीको दिन महागौरीको उपासना गरीन्छ । महागौरीको उपसनाका क्रममा गुलाबी रंगको वस्त्र धारण गरेमा तत्काल शुभ फल मिल्ने योग हुन्छ ।

    नवौं दिन बैजनी रंग

    नवरात्रिको नवौं दिन माता सिद्धिदात्रीको उपासना गरिन्छ । यस दिन बैजनी रंगको धारण गरी माता सिद्धिदात्रीको उपासना गरे पारिवारीक सुखमा वृद्धि हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार