२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्रमा भएको बोलेरो दुर्घटनामा १६ घाईते (नामावली सहित)


२२७२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । जिल्लाको नमोबुद्ध न.पा. ४ जोरसल्ला स्थित भित्री सडक खण्डमा बोलेरो दुर्घट्ना हुँदा १६ जना घाइते भएका छन् । भकुण्डेबेशीबाट तिमालबेशी तर्फ जादै गरेको बा २० च ९०४२ नं.को ट्रान्समिटर लोड बलेरो आफै अनियन्त्रित भई सडकको साईडमा पल्टी दुर्घटना भएको हो ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी दिपक गिरीका अनुसार गाडीमा सवार १७ जना मध्ये चालक बाहेक १६ जना घाईतेहरुको प्रहरीले उद्दार गरि तत्कालै स्थानिय मेथिनकोट अस्पतालमा प्राथमिक उपचार गरेको थियो । प्राथमिक उपचार पछि ९ जना घाईतेहरुको धुलिखेल अस्पतालमा थप उपचार भईरहेको अन्य ७ जना सामान्य घाईतेहरुको मेथिनकोट अस्पताल भकुण्डेमानै उपचार भईरहेको डिएसपी गिरीले जानकारी दिए । नमोबुद्द न.पा. २ बस्ने बर्ष २२ को चालक राम कुमार श्रेष्ठको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
    घाईतेहरुको बिबरण यस्तो छः
    १. नमोबुद्ध न.पा.४ बस्ने बर्ष ५६ को भक्त बहादुर श्रेष्ठ मुखमा र टाउकोमा चोट मध्यम, धुलिखेल अस्पताल पठाइएको ।
    २. रोशी गा.पा.७ बस्ने बर्ष३७ को चन्द्र कुमार तामाङ दाया हातमा चोट सामान्य,धुलिखेल अस्पताल पठाइएको ।
    ३. रोशी गा.पा.७ बस्ने बर्ष २० को राज कुमार तामाङ सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    ४. रोशी गा.पा.७ बस्ने बर्ष ५८ को माईला तामाङ अवस्था सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    ५. रोशी गा.पा.७ बस्ने बर्ष ३८ को अजय तामाङ अवस्था सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    ६. रोशी गा.पा.७ बस्ने बर्ष ३२ को कर्ण बहादुर तामाङ अवस्था सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    ७. रोशी गा.पा.७ बस्ने बर्ष १९ को ग्याल्साङ तामाङ अवस्था सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    ८. रोशी गा.पा.७ बस्ने बर्ष १९ को दुर्गा बहादुर तामाङ अवस्था सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    ९.नमोबुद्ध न.पा.५ बस्ने बर्ष ५१ को लोक बहादुर श्रेष्ठ अवस्था सामान्य मिथुनकोट अस्पतालमा उपचार भई रहेको ।
    १०. रोशी गा.पा.७बस्ने बर्ष २४ को संग्राम तामाङ टाउकोमा र अनुहारमा चोट अवस्था मध्यम धुलिखेल अस्पतालमा ।
    ११. रोशी गा.पा.७ बस्ने बर्ष ३४ को दुधमान तामाङ बाया खुट्टामा र छातीमा चोट अवस्था मध्यम धुलिखेल अस्पतालमा ।
    १२. रोशी गा.पा.७ बस्ने बर्ष ४५ को बिरसिंह तामाङ दाया खुट्टा, कम्मरमा चोट अवस्था मध्यम धुलिखेल अस्पतालमा ।
    १३. रोशी गा.पा.७ बस्ने बर्ष ३६ को माईला तामाङ दाया खुट्टामा चोट, अनुहारमा चोट अवस्था धुलिखेल अस्पतालमा
    १४. रोशी गा.पा.७ बस्ने बर्ष ४२ को कान्छा तामाङ टाउको र छातीमा चोट अवस्था मध्यम धुलिखेल अस्पतालमा ।
    १५. रोशी गा.पा.७ बस्ने बर्ष ४७ को सन्चमान तामाङ टाउको र कम्मरमा चोट अवस्था मध्यम धुलिखेल अस्पतालमा ।
    १६. रोशी गा.पा.७ बस्ने बर्ष १४ को बिकाश तामाङ छाती र अनुहारमा चोट अवस्था मध्यम धुलिखेल अस्पतालमा ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार