२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अवैध सुन बोकी हिडेनेलाई प्रहरीले झ्याप


२३०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं,  चावहिलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई पक्राउ गरेको हो ।

    त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले जानकारी दिए ।पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य रु १२ लाख बराबर रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार