२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सचिवालयको वेभ साइटबाट कृष्णबहादुर महराको नाम हटाइयो


१७१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ, असोज १५ । संघिय संसद सचिवालयको वेभ साइटबाट कृष्णबहादुर महराको नाम हटाइएको छ । आफुमाथि जबरजस्तीकरणीको आरोप लागेपछि महराले सभामुख बाट राजिनामा दिएलगत्तै संसद सचिवालयको वेभ साइटबाट उनको नाम हटाइएको छ ।

    महराले मंगलबार दिउँसो संघिय सांसद सचिवालयकी उपसभामुख शीवमाया तुम्बाहाम्फे समक्ष राजिनामा पत्र बुझाएका थिए । उनले बुझाएको राजिनामा पत्र बुधबार दिउँसो स्वीकृत भएको छ । संघिय सांसद सचिवालयका सचिव डा. भरतराज गौतमले सुचना जारि गर्दै महराको राजिनामा स्वीकृत भएको जानकारी गराएका छन् ।

    संसस सचिवालयकै कर्मचारी रोशनी शाहीले महरालाई बलात्कारको आरोप लगाएकी थिईन् । आरोप लागेलगत्तै सभामुख महराले अनुसन्धानको लागि भन्दै पदबाट राजिनमा दिएका थिए । राजिनामा दिएपछि भने रोशनीले बोली फेरेकी छिन् । उनले महराले आफुलाई केही नगरेको बताउँदै विपक्षीहरुले महरालाई फसाउन खोजेको अभिव्यक्ति दिएकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार