२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

यात्रु ठगिनबाट जोगाउन काभे्र प्रहरीको सक्रियता


२१३७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल-दशैमा आ—आफ्नो घर जाने यात्रुहरुलाई सार्वजनिक यातायातले तोकीयको दर भन्दा भढि भाडा असुलेर समस्या पारी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले ठाउं ठाउंमा चेक पोष्ट खडा गरी चेक जाँच गर्ने भएको छ ।

    टिकटमा निर्धारित दर कायम गरी यात्रुसंग थप रकम असुल्दै आएको गुनासो आईरहेको अवस्थामा प्रहरीको सो अभियानले यात्रु ठगिनबाट जोगिने भएका छन् । आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार भेटघाटको क्रममा प्रनाउ दिपक गिरीले उक्त कुराको जानकारी गराउनु भएको थियो ।

    प्रनाउ गिरीले थप्नुभयो अन्य समयको तुलनामा चाड पर्वमा प्रहरी थप सकृय ढंगबाट अगाडी बढ्ने बताउनु भयो । सार्वजनिक विदाको समयमा मुद्धाको काम नहुने भएकोले मुद्धा फाँटमा रहने प्रहरीलाई समेत फिल्ड खटाईने बताउनु भयो । पर्वको समयमा काँहि कतै केही घटना भएमा पत्रकारहरुले समेत प्रहरीलाई सघाउनु पर्ने बताउनु भयो ।

    पछिल्लो समयमा आएर जिल्लाको विभिन्न स्थानमा अस्थाई प्रहरी पोष्ट खडा गरेर सुरक्षालाई मजबुत पारेको प्रनाउ गिरीको भनाई छ । जिल्लामा रहेका प्राय सवै चौकिहरुमा यातायातको साधन भएकोले पनि शुरक्षा दिन थप सहज भएको बताउनु भयो । स्थानिय तहले प्रहरी चौकिको लागि मोटरसाईकल उपलब्ध गराउने साथै इन्धन समेत उपलब्ध गराउने कार्य भएको वताउनु भयो ।

    पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महांसंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले जिल्लावासिहरुले सुरक्षीत ढंगबाट चाड पर्व मनाउने वातावरणमा प्रहरीको ठुलो भूमिका रहने बताउनु भयो । अपराधिक गतिबिधिहरु नियन्त्रणको लागि प्रहरीको सकृयता हुनुपर्ने साथै यात्रु बाहक सवारी साधनहरुले दाल चामलको भारी बोक्न नहुने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार