२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विवाह गर्न दिल्ली पुगेकी नेपाली चेलीको विचल्ली


२९७३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – विवाह गर्ने आश्वासनमा फसेर भारतको राजधानी दिल्ली पुगेकी नवलपरासीको बर्दघाटकी एक किशोरीको उद्दार गरिएको छ ।

    पीडित किशोरीलाई दिल्लीको आनन्द विहार घर बताउने नन्दन नामक व्यक्तिले करिव एक महिना पहिले वाट्स एपमार्फत कुराकानी गरेर फसाएका थिए । नन्दन नामक व्यक्तिले विवाह गर्ने भन्दै दिल्ली बोलाएका थिए ।  पीडित किशोरी गत २१ सेप्टेम्बरमा दिल्ली पुगेकी थिइन् । दिल्लीको आन्नद विहार रेलवे स्टेशनमा लिन आएको दलालले पुलिस देखेपछि किशोरीलाई रेलवे स्टेशनमै छाडेर भागेका थिए ।

    त्यसपछि पीडित किशोरीले नन्दनमाथि शंका गरेर रेलवे स्टेशनमा परिचालित बालबालिका सम्बन्धि काम गर्ने महिलाहरुलाई सहयोग मागेकी थिइन् । महिला अधिकारीहरुले किशोरीसँग भएको फोन नम्बरको सहायताले  दलाल नन्दनलाई पनि पक्राउ गरिएको छ ।

    दलाल नन्दनले यसअघि पनि महिलाहरूलाई विवाह गर्ने आश्वासन दिएर बेच्ने गरेको खुल्न आएको छ । त्यसपछि पुलिसले नन्दन नामक दलाललाई हिरासतमा राखेर किशोरीलाई सुरक्षित आवसमा पठाएको छ ।सुरक्षित आवासबाट आफन्त नेपाल नामक संस्थालाई पत्राचार गरिएपछि पीडित किशोरीको परिवारलाई खोजेर बुधबार नेपाल फिर्ता पठाइएको आफन्त नेपाल दिल्लीका प्रमुख नविन जोशीले बताए ।दिल्लीमा उद्दार गरिएकी किशोरीसँगै घरबाट भागेर दिल्ली पुगेकी कपिलवस्तुकी एक किशोरीलाई पनि नेपाल फिर्ता पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार