२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खुकुरी देखाउदै आतंक मच्चाउनेलाई झ्याप


२३५३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • नसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले हातमा रहेको धारिलो हरियार देखाइ प्रहार गर्न लागेका ५-६ जनाको समूह पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय गोरे भन्ने अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाईबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा नं १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ ।

    उनीहरुलाई असोज १३ गतेदेखि १० दिन म्याद थप गरी दफा ११८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता विरुद्धको मुद्दा दायर गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये गोरे भन्ने अनिष सुबेदी यो भन्दा अगाडि पनि खुकुरी प्रहरी गरी ज्यान मार्ने उद्योगमा ५० हजार धरौटीमा तारेखमा छुटेका थिए । यसैगरी, गुण्डागर्दी गरी डर, धम्की देखाई रकम असुल्ने काममा संलग्न हुँदै आएका एक जना पक्राउ परेका छन् ।

     

    ईटहरी उपमहानगरपालिका–६ बस्ने ३२ वर्षिय अबिनाथ लिम्बु लाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो । उनी यसभन्दा अगाडि सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता विरुद्धको मुद्दामा ३० हजार धरौटीमा रिहा भएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार