२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५ लाख घुस सहित ओभरसियर पक्राउ


२०३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर सम्पन्‍नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित पक्राउ गरेको छ।

    अख्तियारले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्‍न प्रमाणपत्र लिन नगरपालिकाका कर्मचारीलाई मिलाउन भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना पाएको थियो। त्यही सूचनाका आधारमा खटिएको आयोगको टोलीले चौधरीलाई घुससहित कार्यालय परिसरबाट मङ्गलबार पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार