२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महराले लिदै आएको सुबिधा फिर्ता


२२७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।

    गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए । सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनानमा दिएका थिए ।

    महराल बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गएको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिनले उनले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार