२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रतिपक्षले हल्लाउन खोज्दैमा सरकार हल्लिदैन बाँस्कोटा,(भिडियो सहित)


२५१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभे्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले निर्वाचनको समयमा जे जे बोलेको थिए पुरा गर्दै आएको बताउनु भयो ।

    नेकपा बनेपा नगरकमीटीको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बाँस्कोटाले उक्त भनाई राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले थप्नुभयो सरकारले गरेका राम्रा कार्य देखेर अत्तालिएकाहरुले हल्लाउन खोज्दैमा नहल्लिने बताउनु भयो ।

    कार्यक्रममा बाँस्कोटाले थप्नुभयो नेकपाको सरकारले काभे्रको विभिन्न बिकास निर्माणको कार्यको लागि १३ अर्वको योजना अगाडी सारेको र सो योजनाहरु निरन्तर रुपमा अगाडी बडीरहेको बताउनु भयो । पहिलो बर्ष सिलन्यासको बर्ष, दोस्रो काम हुदै गरेको बर्ष र तेस्रो बर्ष उद्घाटनको बर्ष हुने बताउंदै सरकारले गरेका कामहरु तेस्रो बर्षमा देखिने बताउनु भयो । कम्युनिष्ट सरकारले के कती काम गरे कसरी गरे भन्ने बिषयमा आम जनता सामु किताव तयार गरेर देखाउने बताउनु भयो ।
    तल्लो तहदेखि माथिल्लो तहसम्मका जिम्मेवारी पाउने जो कोहि कि नहोस उनिहरुले राम्रो कार्यगर्नु पर्ने बताउनु भयो । जनताले जिम्मेवारी दिएकाहरुले वे दागी भएर जिम्मेवारी निर्वाह गर्नु पर्छ । जसले नराम्रो गर्छ उ पाखा लाग्छ, राम्रो गर्नेले पार्टीमा रहेर जनताको सेवा गर्छ । जस्ले गल्ती गर्छ उही दोसि हुन्छ, व्यक्तिले गल्ती गर्दैमा दोस पार्टीको नहुने मन्त्रि बाँस्कोटाले बताउनु भयो । कतिपय दुर्गम स्थानहरुमा झोलुङ्गे पुल नभएर जनताले सास्ति खेपेका थिए, जव कम्युनिष्ट पार्टीको सरकार बन्यो त्यस्ता समस्याहरु समाधान भएको बताउनु भयो ।

    कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेल, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे, नेकपाका नेता रामहरि सुवेदी, हरिदेव गिरी, भैरव केसी, कुमार तिमल्सिना, मुक्ति विष्टलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    भिडियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार