२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लव समूहले भण्डारण गरेर राखेको विष्फोटक पदार्थ बरामद


१८९९ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो ।

    मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार प्रहरीले समूहले तयार पारेको सहयोग रसिद र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको छ ।

    यसअघि १२ साउनमा झापाको इलाका प्रहरी कार्यालय, विर्तामोडले झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो । त्यसक्रममा २ सय ५ लोला विष्फोटक पदार्थ बरामद भएको थियो ।
    दुवै अपरेशनमा १ नं. प्रदेश प्रहरी कार्यालयको सहयोग थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार