२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी निरीक्षकमाथि चोरीको आरोप


२३८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • धनुषा– धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको आरोप लागेको हो ।

    जङ्गलको जग्गामा पोखरी खनेर क्षति पुर्‍याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरीयाभित्र स्थानबाट स्काभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो । केही दिनपछि स्काभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा स्काभेटरको पार्टपुर्जा निकालिएको पाएका थिए ।

    स्काभेटर धनी महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले रु छ लाख मूल्य बराबरको पार्टपुर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको छ ।

    घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशङ्कर पंजियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले बिहीबार घटनाको अनुसन्धान प्रतिवेदन प्रदेश प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीलाई बुझाइसकेको बताइएको छ । पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उहाँलाई विभागीय कारवाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ ।

    प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारवाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए । उनले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै दोषी देखिए कारवाही गर्न कुनै कन्जुस्याइँ नहुने स्पष्ट पारे

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार