२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

संकृतिको संरक्षणको लागि शुभकामना


१८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १८, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभ कामना आदान प्रदान कार्यक्रममा नेपालको संकृतिको संरक्षण गर्न देखासेखी नभई गक्ष अनुसार पर्व मनाउनु पर्ने शंदेस दिएको थियो ।

    पाँचखाल नरपालिका वडा नं ८ ले आयोजना गरेको उक्त कार्यक्रम अन्यत्रको तुलनामा विलकुल फरक उद्देश्यका साथ आयोजना गरेको थियो । शुभकामना आदान प्रदान कार्यक्रमको मुल उद्देश्य संस्कृतिको संरक्षण गर्न तडक भडक नभई गक्ष अनुसारले पर्व मनाउनु पर्ने भन्ने शंदेस दिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिकाको उप—प्रमुख लक्ष्मी दनुवारले नेपालीको पहिचान नै नेपालका विभिन्न पर्व भएको वताउनु भयो । पर्व मनाउने नाउमा तडक भडक गर्ने गरेमा सवै पक्षले पर्व मनाउन नसक्ने जसको कारण संस्कृतिको लोपहुने बताउनु भएको थियो । उहाँले थप्नुभयो नेपाली संकृतिको लोपहुनु भनेको नेपालको पहिचान हराउनु हो । स्वास्थ्यलाई मध्यनजर राख्दै बिकृतिको अन्त्य गर्दै संस्केतिको संरक्षण गर्ने बिषयमा जोड दिनु भएको थियो ।

    वडा नं ८ का वडा अध्यक्ष संजय तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरका शाखा अधिकृत राजेश वञ्जारा, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठ, वडा नं ३ का वडा अध्यक्ष शुन्दर अधिकारी, नेपाली काँगे्रस पाँचखाल नगर समितिका संयोजक गणेस अधिकारी,नेकपा पार्टी प्रतिनिधि हरि प्रसाद सापकोटा, स्वस्थ्य प्रतिनिधि नारायण कृष्ण फैंजु,लवगृन नेपालका प्रतिनिधि देवि गौतम लगायतले आ—आफ्नो धारण राख्नु भएको थियो ।

    कार्यक्रम समापनको क्रममा वडा अध्यक्ष संजय तामाङले हिन्दुहरुको महान पर्व मनाउंदै संकृतिको संरक्षण गर्ने बिषयलाई मध्यनजर राख्दै कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले थप्नुभयो बिकृति र विसंगतिको अन्त्यको साथै गक्ष अनुसारले पर्व मनाउदै संकृतिको संरक्षण गरी नेपालीको पहिचान गर्ने बिषयमा केन्द्रित रहेर अगाडी बड्ने बिषयमा जोड दिनु भयो । पर्व मनाउने क्रममा वडामा कुनै पनि समस्या नआओस केही समस्या आएमा समाधानको लागि आफु तैयार रहेको वताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार