२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाउंपालिकाका कर्मचारीले तलव पाएनन्


२३६४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १९, आईतबार मा प्रकाशित ४ साल अघि
  • बसबरिया गाउँपालिकाका कर्मचारीरुले दसैं जस्तो महान् पर्वमा तलब नपाउँदा निरास भएका छन् ।

    गाउँपालिका कर्मचारीहरु साउन महिनादेखि नै यता तलब नपाएपछि निरास भएका हुन् । गाउँपालिकाका शिक्षा संयोजक राम आश्रे ठाकुरका अनसार १७ वटा विद्यालयका ६५ जना शिक्षकको साउनदेखि कार्तिकसम्मको तलब र दशैँको पेश्कीसहित ५ महिनाको तलब पाएका छैनन् ।

    घरपरिवारको लताकपडा सरसमान खरिद गर्न गोजीमा एक पैसा नभएपछि हाम्रो लागि दसँै नआएको संयोजक ठाकुरले दुखेःसो पोख्नुभयो । यसबारेमा लेखा प्रमुख गणेश यादवसँग बुझ्दा उहाँले तलब भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतको लापरवाहीका कारण काम गर्ने अवस्था नभएको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार