२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

दशैको तीन दिन निःशुल्क बस सेवा


१९८८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १९, आईतबार मा प्रकाशित ४ साल अघि
  • नेपाल प्रहरीले दसैंको अवसरमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ । नागरिक सहजताको लागि नेपाल प्रहरीले बडादशसैंको अवसरमा काठमाडौं उपत्यकामा भोलिलेखि बस निःशुल्क रुपमा संचालन गर्ने भएको हो ।

    महाअस्टमी, महानवमी र विजया दशमीका दिन २ वटा रुटमा निशुल्क बस संचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पहिलो रुट नक्सालबाट पुतलीसडक-माईतीघर-कुपण्डोल-एकान्तकुना-बल्खु-कलंकी-कालीमाटी-त्रिपुरेश्वर–रत्नपार्क-दरवारमार्ग हुँदै पुनः नक्साल पुग्नेछ ।

    त्यसैगरी, दोश्रो रुट नक्सालबाट मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-नागस्थान-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-वालुवाटार हुँदै नक्सालसम्मको रुटमा निशुल्क बस सञ्चालन गरिनेछ ।बस सेवा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार