२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महरा प्रहरी नियन्त्रणमा


२१२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १९, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो। प्रहरीले महरा निवासमा बाक्लो उपस्थिति जनाउँदै नियन्त्रणमा लिएको छ।
    महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन।
    असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिएन।तर, मंगलबार भने पुनः शाहीले महरा आफ्नो बाबु समान रहेको र आफूँ माथि बलात्कारको प्रयास नआएको भन्दै बोलि परिर्वतन गरेकी थिइन्।

    तर, शुक्रबार मात्रै महराले आफुलाई बलात्कारको प्रयास भएको भन्दै बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन। आरोप लागेसँगै असोज १४ गते मंगलबार सभामुख पदबाट महराले राजिनामा दिएका थिए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार