२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा वडा अध्यक्ष माथि गोली प्रहार


२१८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ का वडा अध्यक्ष मिलन लामा माथि गए राती गोली प्रहार भएको छ । फूटवल प्रतियोगिताकोबारेमा विवाद हुँदा वडा अध्यक्ष लामाकै आफन्त अनुपबुद्ध लामाले गोली प्रहार गरेको हो ।पेस्तोल निकालेर अनुपबुद्धले वडा अध्यक्ष लामालाई ताकेपछि लामाले छल्दा भित्तामा लागेको थियो ।
    इलाका प्रहरी कार्यालय, मंगलटारका प्रमुख इन्स्पेक्टर धर्मजंग थिङले घट्नाको पुष्टि गरेका छन् । ‘फूटबल प्रतियोगिता र क्लबको विषयमा राती अबेरसम्म छलफल गर्दै गर्दा विवाद भएको रहेछ । त्यहीं निहुँमा पेस्तोल। निकालेर अनुपबुद्ध लामाले भित्ता तिर गोली हानेछ ।’ इन्स्पेक्टर थिङले तेमाल अनलाईनलाई भने, ‘गोली लागेको स्थानमा खल्डो पनि छ । गोलीको खोका पनि भेटिएको छ । अध्यक्षलाई नै ताकेर हानेको चाहिं देखिदैन तर पनि सोंच चाहिं त्यहीं देखिन्छ ।’ गोली प्रहारपछि लामा फरार रहेको प्रहारीले जानकारी दिएको छ ।
    अनुपले प्रयोग गरेको पेस्तोल कुन हो गोलीको ल्याब टेस्ट गरेर मात्र पत्ता लाग्ने थिङले बताए । अहिले नाकाहरु ब्लक गर्ने र उनको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार