२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दशैको अवसरमा जिवन मार्ग कृषि सहकारी समेतको सहकार्यमा शिविर


२२९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २०, सोमबार मा प्रकाशित ४ साल अघि
  • सुशील राज गिरी
    पाँचखाल। नेपाली हिन्दुहरुको महान चाड वडा दर्शैको अवसरमा काभ्रेको पाँचखाल १२ आँपघारीमा रहेको बेथ–शालोम आँपघारी चर्चको आयोजनामा स्वस्थ्य शिविर सम्पन्न भएको छ ।शिविर जीवन मार्ग कृषि सहकारी सस्था लि., बालुवा स्वास्थ चौकि, एच डी सि यस र सेन्जोङ मेडिकल फेलोसिपको सहकार्य र सहयोगमा सम्पन्न भएको हो ।
    शिबिर सन्चालनको प्रमुख आयोजक पाँचखाल १२ आँपघारीमा अबस्थित बेथ–शालोम आँपघारी चर्च ले प्रत्येक बर्ष पाँचखालका जनताले सित्तैमा उपचार प्राप्त गरून् भन्ने उद्येश्यको साथ निशुल्क स्वास्थ्य शिबिर सन्चालन गर्दै आएको विस्वास दनुवारले जानकारी दिएको छ । २ दिने निःशुल्क शिविरमा फिजियो थेरापी र अक्वुपंचर (असोज १३ र १४ गते) र असोज १५ गते पाँचखाल १२ जरेटार सिम्ले खर्कमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
    शिबिरमा डा. सुमन पौडेल, डा. शिशिर शर्मा, डा. असिम बिष्ट र डा. रोबिन जङ्ग थापाद्वारा स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा करिब ३ सय जनाको निशुल्क स्वास्थ्य जाँच तथा औषधि बितरण गरिएको थियो । त्यसैगरि सेन्जोङ मेडिकल फेलोसिपले निःशुल्क फिजियो थेरापी तथा अक्वुपंचर सेवा उपलब्ध गराएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार