२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

भृकुटी कागज उद्योगको नालीबेली


२७२० पाठक संख्या

सर्व प्रथम उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका नेता खुम्बहादुर खडकालाई हार्दिक सर्दानजलि व्यक्त गर्दछौ

  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • सर्व प्रथम उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका नेता खुम्बहादुर खडकालाई हार्दिक सर्दानजलि व्यक्त गर्दछौ । सथै मृतक आत्माको चिर सान्तीको कामना पनि गर्दछौ । तर स्वा.खडकालाई मनमा ठुलो चोट परेर नै सधै दुखि भएबाट नै उनको गत शुक्रबार साझँ ४.५८ बजे भारतको नयाँदिल्ली स्थित अपालो अस्पतालमा उपचार कै क्रममा निधन भएको थियो ।

    गत फागुन ४ गते उनलाई हृदय घात भई नर्भिक अस्पतालमा भर्न भएको र त्यहाँ बाट भारतको अपोलो अस्पतालमा रिफर गत फागुन ६ गते नै उपचारको लागि लगिएको थियो खडकालाई । खडकको स्वास समस्या, मृगौला, छाती र नसासम्बन्धी रोगबाट उनलाई लामो समय देखि पीडित भएको जानकारी नागरीकलाई प्राप्त भएको थियो । उनलाई नेपालमै उपचार पछि सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाऊँकोमा समेत संक्रमण बढेको रहेछ । साथै मृगौलाले समेत काम गर्न छाडेको थियो । ३० महिना अघि अपालो अस्पतालमानै मृगौला प्रत्यारोपण गरिएको रहेछ ।

    मरिसके पछि केरा खा, बा

    एउटा कथा यस्तो थियो कि मरि सके पछि केरा खा, बा । अर्थात एक जना वृद्ध सहारै विरामी भएको थियो । ति विरामीले आफ्नो छोरालाई केरा मागे छ । तर छोराले विरामी बाबुलाई केरा दिएन छ । अनि त्यस पछि वृद्ध बाबुको मृत्यु भयो । मृत्यु बाबुलाई छोराले केरा खा बा भनि मुखमा केरा कोच्याए भैm नेपाली कांगे्रसलाई परेको हो कि भन्ने जन विचारहरु प्रशस्त मात्रमा बाहिर आएको छ ।
    अर्थात गत २ वर्ष अघि सेरबहादुरलाई काग्रेको सभापति जिताउनको लागि जिउ, ज्यान नभनि अर्थात उपसभापति पद पाउनको लागि मरिमेटि गरि देउवालाई सभापति जिताउनको लागि साम, दाम, दण्ड र बेद निति चलाई सभापतिमा देउवालाई जिताउनमा खडकको ठुलो योगदान थियो ।

    तर राष्ट्र, पार्टी र जनताको हित नै नचाहेको सेरबहादु देउवाले आफु सभापति जिते पछि खुम्बहादुर खडकालाई धोका दिएको चाल थाहा पाए पछि खडकाको मष्तीस्कमा चोट पुग्न गएको हो भन्ने कांग्रेसी जनहरुमा नै त्यति खेरै खाइलो बाइलो भएको नै थियो ।

    देउवाले दुई जिब्रो निकालेको हो की भन्ने काँग्रेसजनमा हलचल त मच्चेकै थियो अर्थात् देउवाले आपूm जसरी भए पनि सभापति पद हासिल गर्नको लागि मेधेशी वादी नेता विमलेन्द्र निधिलाई पनि उपसभापति पद निने बाचा गरेको कारण उनले खड्कालाई पनि उपसभापति कबोल गरेता पनि खड्कलाई पनि दिएन र निधिलाई पनि उपको पद लिउँला भनि बाचा गरेको काँग्रेसबाट नै खुलासा भएको थियो । र निधिलाई पनि बाचा पुरा गरेन ।

    अनि देउवाले हलो अड्काउने गोरु चुटाउने काम गरेको हो की भन्ने एकथरी काँग्रेसहरुबाट आवाज आएको थियो त्यसबेला । अर्थात् खुम बहादुर खड्काले उनी गृहमन्त्री भएको बेलामा प्रसस्त भ्रष्टाचार गरेको र दुई वर्ष सम्म डिल्लिबजार सदर खोरमा बसी कैद भुक्तान गरेर उनी सदरखोरबाट बाहिरिएको थियो ।
    त्यसैलाई बहाना बाजी लगाई देउवाले खड्कालाई उपसभापतिको पद दिन आनाकानी गरेको पनि त्यति नै खेर व्यापक भएको थियो । खड्काको पृष्ठभूमि त्यतिका राम्रो नभएको भनि देउवा पछाडी हटेको हो भनि काँग्रस संस्थापक पक्षबाट नै खुलासा गरेको थियो ।

    भर्खरैमात्र निधन भएको खड्कालाई मरिसकेपछि ठूलो सम्मान दिनु भनेको माथि उल्लेखित कथा जस्तै हो भन्ने जनविचारहरु प्रसस्त मात्रामा आएको छ । नेपाली काँग्रेसले काँग्रेसको एक जना योद्धा व्यक्ति गुमाउनु प¥यो भनि मरिसकेको व्यक्तिको शरीरमाथि झण्डा ओढाउनु भनेको मारिसकेको बाउलाई केरा खा भने जस्तो मात्र हो भन्ने जनसमुदायलाई महशुस भएको छ ।

    काँग्रेसको भ्रष्टाचार र अत्याचार

    काँग्रेसमा २०४७ सालको बहुदलीय व्यवस्था सुरु भएदेखि काँग्रेसले भ्रष्टाचार भनि सुरु गरेको नै थियो । अर्थात् खुम्बहादुर खड्का मात्र नभई काँग्रेसका मै हुँ भन्ने नेताहरुले समेत राष्ट्रलाई डुबाउनेसम्म डुबाई भ्रष्टाचार गरेको हामी नागरिक समाज र जनसमुदायमा छर्लङ्ग भएको छ । उदाहरणको लागि नेपाली काँग्रेसले सत्ता सम्हालेपछि धरै उद्योगहरुलाई निजीकरणको नामाकरण गरी विभिन्न उद्योगहरुलाई कौडीको मोलमा (भाउ) कलकारखानाहरु विक्री गरी ब्रम्हलुट गरेको थियो । अर्थात् तहसनहस गरेको विवरण यस प्रकार छ ।
    १) बाँसबारी छाला जुत्ता, २) हेटौंडा कपडा उद्योग ३) विराटनगर जुट मिल ४) साझा यातायात, ट्रलीबस र नवरपरासी जिल्लाको गैडाकोट स्थित भृकुटी कागज उद्योग कारखाना यी सबै उद्योगहरु ध्वस्त पारेको नै १ नं. मा काँग्रेसी सरकारहरु नै हुन् । अतः हाल म र मेरोतर्फबाट पाठक वर्गलाई नं. ५ को भृकुटी कागज कारखानाको केही जानकारी भएको व्यहोरा अवगत गर्दछौं ।

    यो उद्योगलाई कौडीको भाउमा सरकारी संस्थान किन्ने व्यक्ति अर्थात् यो कौडीको भाउमा किन्ने संस्थान् हुन् गोल्छा अर्गनाइजेसन् हुन् । जम्मा ७८० रोपनीमा फैलिएको गैडाकोट स्थित भृकुटी कागज कारखाना, उद्योग गोल्छा अर्गनाइजेशनले जम्मा १७ करोड मूल्य बराबरमा किनेको रहस्य खुलासा भएको छ । तर १७ करोडमा किनेको भए पनि रकम चाँही जम्मा ४ करोड ९२ लाख ४२ मात्र भुक्तानी गरेको रहेछ ।

    मजदुरहरुको विहाल

    हालसम्म ३३६ जना मजदुरहरुलाई ८ वर्ष अघिदेखि तलब भत्ता दिएको छैन गोल्छा अर्गनाइजेशनले । गोल्छाले कारखाना चलाउनुभन्दा जग्गालाई प्लटिङ्ग गरेर बेचविखन गरेको खण्डमा अवौं रुपैयाँ फाइदा देखेपछी गोल्छाले यो तारतम्या मिलाएको रहेछ ।
    त्यसै कारण गोल्छाले उद्योग चालउन नसकेको भन्दै २०६८ साल पौष २१ गतेदेखि नै कारखाना बन्द गरेको सूचना नागरिकलाई प्राप्त भएको छ । उद्योगलाई कौडीको भाउमा बेच्दा पनि तत्कालिन काँग्रेसका पूर्व अर्थमन्त्री महशे आचार्य, योजना आयोगका पूर्व अध्यक्ष रामशरण महत, पूर्व स्व. प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र गिरिजाको आफ्नै छोरी सुजता कोइराला समेत मिलोमतो गरी बाँकी १३ करोड रुपैयाँ हिनामिना गरेको खुलासा भएको छ ।

    तर महेश आचार्यको भनाई आपूmलाई नेपाली काँग्रेस पार्टीले नै फसाएको भन्ने समाचार नागरिकलाई प्राप्त भएको छ । उक्त उद्योगमा ६ करोड रुपैयाँ बैक ब्यालेन्स भएको दैनिक ३० टनसम्म कागज उत्पादन हुने भृकुटी कागज उद्योगलाई निजीकरणका नाममा बन्द गराएबापत कोइराला परिवार र पूर्व अर्थमन्त्री गिरीजाको भान्जा महेश आचार्यले नै पूस्ताका लागि समेत भ्रष्टाचार गरी रकमको जोहो गरेको गैडाकोटबासीको गुनासो आएको छ ।

    नागरिकलाई एउटा सूचना प्राप्त भएको जनकार अनुसार यसै अंकमा प्रकाशित गरेको जनकारी गर्दछौं अर्थात् गोल्छा अर्गनाइजेनसँग कारखानाले दैनिक ३० टन कागज उत्पादन गर्दथ्यो भने ६ करोड रुपैयाँ पनि बैक ब्यालेन्स रहेको थियो । तर उक्त कारखाना २०४९ चैत्र १७ मा रजिष्ट्रेशन पास नं. ३४६७ बाट ४ करोड ९२ लाख ४२ हजारमा मालपोत कार्यालय नवरपरासीबाट पास गरिएको थियो । अर्थात् १२ करोड ११ लाख ९२ हजार रुपैयाँ भ्रष्टाचार गरिएको खुलासा भएको छ । बाँकी रकम कही पनि देखिएन । नत राज्य कोषमा नै जम्मा गरियो । यो कारखानाको क्षेत्रफल अर्थमन्त्रालयको अनुसार ७८० रोपनी छ भन्ने पास गर्दाको समयमा ३२९ रोपनी देखिएको छ ।

    काँग्रेसी नेताहरुको लालची

    काँग्रेसी नेताहरुको लोभको प्रलोभन पर्दा ३३६ जना मजदुरहरुको बेहाल भएको नेताहरुलाई नै जानकारी नहुनाले नै ठूलो भ्रष्टाचार भएको नवलपरासी जिल्ला गैडाकोट नगरपालिकाको मेयर छत्रराज पौडेलको पनि भनाई आएको छ ।
    अर्थात् करोडौं कमिसन खाने मौका मिलेपछि भृकुटी कागज उद्योग हेर्ने गोल्छा अर्गनाइजेसनका मालिक दिवाकर गोल्छालाई नै काँग्रेसको तर्फबाट २०६४ सालको संविधान सभामा उनलाई समानुपातिक सभासदमा मनोनित गरेको थियो । राजनीतिक दलमा सधै पहुँच बनाउनको लागि दिवाकरको दाजु महेन्द्र गोल्छाको श्रमती राज्यलक्ष्मी गोल्छालाई एमालेको भरतमोहन अधिकारीको तर्फबाट सिफारिसमा २०७० सालको संविधान सभाबाट समानुपातिक सभासदको मनोनित भएको थियो ।

    यस्तो लोभ नै लोभमा परेको राजनीतिक पार्टीहरुले भ्रष्टाचार नगरी के कार्यकर्ता र जनतालाई भ्रष्टाचार गर्छ भन्ने गैडाकोटवासीको गुनासो आएको छ । त्यसैकारणले मरी सकेको खड्कालाई सम्मान दिने भनेको मरेको बाबुलाई केरा खा भनेजस्तो जनसमुदायलाई पनि महशुस भएको छ । अर्थात् काँग्रेसमा जो कोही प्रवेश भायो भने काँग्रेसको छुत लाग्छकी भन्ने जनसमुदयलाई डर भएको छ ।

    प्रधानमन्त्रीको भारत भ्रमण

    नेपालको जनसमुदायको तर्फबाट प्रधानमन्त्री केपीओलीको भारत भ्रमणको सफलताका कामना साथै आफ्नो राष्ट्रको हित बाहेक भारतसँग अरु कुनै जनता र विपक्ष पार्टीको सुभाव वेगर कुनै सम्झौता नगर्न हुन अनुरोधको साथ शुभकामना यात्रा सफलको कामना व्यक्त गर्दछौं ।
    साथै भारतको प्रधानमन्त्री मोदीलाई सुझाव पनि गरौं की नेपालको मधेशवादी पार्टीमाथी कुनै किसिमको खेलबाड नगर्न भनि अनुरोध पनि गर्दछौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार