२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जेठानीले प्रहार गरेको छुराबाट देउरानीको ज्यान गयो


२२७७ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम । धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको छ ।

    घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो । यहाँ निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको विवाद छुरा प्रहारसम्म पुग्दा सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोमबार राति दुबैबीच घरायसी विवाद भएको थियो । सोही क्रममा जेठानी सुनौलले देवरानी सहानीको शरीरमा अन्धाधुन्ध छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले बताए । उनका अनुसार सहानीमाथि छुरा प्रहार गरेर सुनौलले आफ्नो पेटमा समेत छुरा प्रहार गरेकी थिइन् । उनले आत्महत्या गर्ने प्रयास गरेको आशंका गरिएको छ ।

    डिएसपी कार्कीका अनुसार छुरा प्रहारबाट घाइते भएकी जेठानी–देवरानीलाई उपचारका लागि जनकपुरस्थित काव्या हस्पिटलमा ल्याइएको थियो । तर, उपचारकै क्रममा सहानीको मृत्यु भयो ।आफैंले आफ्नै शरीरमा गरेको छुरा प्रहारबाट घाइते भएकी सुनौलको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार