१८ असाेज, काभ्रेपलाञ्चोक- काभ्रेकाे पाँचखालमा अहिलेसम्मकै प्राचिन किरातकालिन स्तम्भ फेला परेको छ । अहिलेसम्म नेपालमा किँरातकालिन स्तम्भ भेटिएको थिएन । ईतिहासमै पहिलाे पटक किराँतकालिन स्तम्भ काभ्रेपलाञ्चोकको पाँचखाल–१३ तिमालबेसीमा भेटिएको हो ।
लिच्छविकालीन भग्नावशेषभन्दा पनि पुरानो किरात कालीन स्तम्भ भेटिएको पालाञ्चोक उपत्यकाका पुरातत्व खोज तथा अनुसनधानका समितिका सदस्य सचिव श्रीकृष्ण धिमालले जानकारी दिनुभयो ।
सुनकोसी ९कौशिकी नदी० नदी र झिकुखोलाको दोभानमा भेटिएको प्राचिन स्तम्भको ततकाल अनुसनधान गरी संरक्षण गर्नुपेर्ने धिमालले बताउनुभयो ।
कोसी नदि उत्पति सगै कौसिकि ऋषिले तपस्या गरेको स्थान नै तिमालबेसी हो जहाँ आज पनि देविदेवताका मुर्ति भेटिन सक्छ किनकि स्तम्भ भेटियो मुर्ति भेटिनसक्छ धिमालले जानकारी दिनुभयो ।
पाँचखाल नगरपालिकाले गठन गरेको स्वतन्त्र व्यक्तिहरु सदस्य रहेको पलाञ्चोक उपत्यका पुरातत्त्व खोज अनुसन्धान समितिका सदस्य सचिव समेत रहेका श्रीकृष्ण धिमालले भेटिएको स्तम्भको पुरातत्त्व विभाग बोलाएर अनुसन्धान गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस