२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गृहमन्त्रि थापाले मलाई वदला लिएको हो – महरा


२७८५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौ : भिभिआईपी यौनकाण्डमा मुछिएका तत्कालिन सभामुख कृष्णबहादुर महराको दशैं यसपटक प्रहरी हिरासतमा बितेको छ । संसद् सचिवालयकै रोशनी शाहीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएर बसेका बेला गत १९ गते आईतबार साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    तीन दिनदेखि पुर्वसभामुख महरा त्यहीँको थुनुवा कक्षमा छन् । अदालतमा दशैं बिदा भएकाले पुर्वसभामुख महरालाई २८ गतेमात्रै अदालतमा पेश गरिनेछ । दशैंको दोस्रो दिनमा पक्राउ परेका पुर्वसभामुखको पूरै दशैं हिरासतमै बित्नेछ ।पुर्वसभामुखलाई सिंहदरबार वृत्तको एक छुट्टै कोठामा राखिएको छ । भिआईपीहरुलाई पक्राउ पर्दा त्यहीँ राखिँदै आएको छ । प्रहरीका अनुसार महरा उच्च रक्तचापका बिरामी भएकाले कोठामै अक्सिजन राखिएको छ ।

    महरा उपचारका लागि अस्पताल जान नमानेपछि चिकित्सकको टोलीले थुनुवा कक्षमै आएर चेकजाँच गर्दै आएको छ । चेकजाँचका क्रममा उनलाई उच्च रक्तचाप र स्वासप्रस्वाँसमा समस्या देखिएको बुझिएको छ । त्यसो त एकान्तमा बस्न रुचाउने महराले धेरै भेटघाट गर्न नचाहेको प्रहरीश्रोतले बताएको छ । उनलाई भेट्नका लागि परिवारका सदस्यबाहेक अरु कोही गएका छैनन् । महरा स्वयम्ले परिवारका सदस्य बाहेक अरुसँग अहिले भेट गर्न अनिच्छा प्रकट गरेको बताईन्छ । उनलाई उपलब्ध गराइएको कोठामा सीसीटीभी निगरानी रहेको छ । उनी प्रायः पल्टिएर बसेको बुझिएको छ ।

    निकै चिन्तित देखिएका उनले अस्पतालमा भेट्न आउनेको भीड हुने भन्दै एकान्त चाहेको सुनाएका थिए । हिरासतमा उनलाई भेट्न आउनेमध्ये परिवारका सदस्य र अति निकटस्थलाई मात्र अनुमति दिइएको छ । आफ्ना बयानहरु फेर्दै कहिले यौन दुव्र्यवहार भयो भन्ने त कहिले त्यस्तो होईन बा समान व्यक्तिलाई लान्छना लगाईयो भन्दै आएकी शाहीले प्रहरी समक्ष लिखित उजुरी दिएपछि महरालाई प्रहरीले पक्राउ गर्न पुगेको थियो । महरा प्रकरणसँगै अनेक आशंका र टिप्पणीहरु भईरहेका छन् । महराको परिवार र केही निकतस्थ नेताहरुले महरामाथि गंभीर षड्यन्त्र भएको बताउछन् । महरा निकट एक नेताले महरामाथि राष्ट्रिय र अन्तराष्ट्रिय षड्यन्त्र भएको बताए । ती नेताका अनुसार हिरासत जानुअघि महराले आफूमाथि गंभीर षड्यन्त्र भएको खुलासा गरेका थिए । जसअनुसार गृहमन्त्री रामबहादुर थापा बादलले आफूमाथि बदला लिएको महराले बताएका थिए ।

    केही आफ्नै पार्टीका समकालिन नेताहरु समेत आफूलाई पटक–पटक फँसाउने षड्यन्त्र गरिरहेको बताउदै यो प्रकरणमा पनि ती नेताहरु, गृहमन्त्री बादल र उर्जामन्त्री वर्षमान पुन लगायतले आफूमाथि प्रहार गरेको महराको गुनासो थियो । शाहीले उजुरी नदिदै प्रहरीले अनुसन्धान गरिरहेको प्रचार गर्ने, मिल्न लागेको केस उल्ट्याईनु, शाहीलाई विभिन्न प्रलोभन देखाएर दबाबमा उजुरी दिन लगाउनु, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नेताहरुले दबाब दिनु र विदेशीहरुको चलखेल हुनुले आफूमाथि गंभीर षड्यन्त्र भएको महराले बताएको ती नेताको भनाई थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार