२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एकैसाथ नौ मोटरसाइकलमा आगजनी


२०४८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम । धनुषामा एकैसाथ नौ वटा मोटरसाइकल र तीन वटा साइकलमा आगजनी भएको छ । अज्ञात समूहले पार्किङमा राखेको मोटरसाइकल र साइकलमा बिहीबार आगजनी गरिएको प्रहरीले जनाएको छ ।

    जनकनन्दनी गाउँपालिका ३ स्थित प्रखे महुवामा पार्किङ गरिएको नौ वटा मोटरसाइकलमा एकसाथ अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट पाँच वटा नेपाली र ४ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल जलेको छ।

    पार्किङ गरिएको ज ९ प ७६२५, स १ प ४३८१, स ८ प ७७१८, ज १ प ९३३ र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाइकल जलेका प्रहरीले जनाएको छ । यस्तै, बीआर ३२ एन ५३३९, बीआर ३२ एफ ९३००, बीआर ३२ भी ३०८४, बीआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत जलेको छ ।

    मोटरसाइकलसँगै पार्किङ गरिएको साइकल पनि जलेको छ । आगलागी कसले र किन गरेको हो ? भन्नेबारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार